Connect IPS
IME Life

सन नेपाल लाईफको वित्तीयचित्र सार्वजनिक, जीवन बीमा कोष २२९% ले बढ्दा, बीमा शुल्कमा उल्लेख्य बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सन नेपाल लाइफको वित्तीय चित्रमा मुनाफामा केही गिरावट आएको देखिए पनि अन्य सूचांकमा भने उल्लेखनीय सुधार गर्न सफल भएको छ ।

सन नेपाल लाईफले जीवन बीमा कोषमा २२९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । छ महिनाको वित्तीय विवरण अनुसार कम्पनीले खुद बीमा शुल्क आर्जन ७० प्रतिशतले बृद्धि गर्दै ५६ करोड ८० लाख २३ हजार २८० रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधीमा कम्पनीले जम्मा ३३ करोड २७ लाख ९५ हजार मात्रै बीमा शुल्क आर्जन गरेकामा यसवर्ष बीमा शुल्क उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीको कूल बीमा शुल्क आर्जन पनि ५६ करोड ८० लाख २३ हजार २८० रुपैयाँ रहेको छ । गत आवमा कम्पनीको कूल बीमा शुल्क ३५ करोड ५३ लाख ८१ हजार २० रुपैयाँ रहेको थियो । कम्पनीले समीक्षा अवधीमा कम्पनीले पाँच करोड ११ लाख ७५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले छ करोड ५३ लाख ११ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा भने लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको आधारमा निकै तलमाथी हुने गर्दछ ।

कम्पनीले छ महिनामा आठ हजार नौ सय ३६ वटा नयाँ पोलिसी बिक्री गरेर तथा ४५ हजार ३६८ वटा पोलिसी नविकरण गरी उल्लेखित बीमा शुल्क आर्जन गर्न सफल भएको हो । अघिल्लो आवको असोज ६ गतेबाट मात्रै कारोबार गरेका कारण पनि सन नेपाल लाईफको वित्तीय विवरणको तुलनात्मक अध्ययनमा यस वर्ष निकै राम्रो देखिन आएको छ ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजि रहेको जीवन बीमा कम्पनीले बीमा व्यवसायबाट छ महिनामा १० करोड रुपैयाँ नेपाल सरकारलाई कर समेत तिरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS