काठमाडौं । आज शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १७ दशमलव ११ अंकले बढेर १३४१ दशमलव ३८ के विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन र म्युचल फण्ड १ दशमलव ५७ प्रतिशतले बढेका छन् ।
आज १ सय ७५ कम्पनीको ३९ लाख ९६ हजार ८ सय ७७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४ सय ४० रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिवम् सिमेन्टको १५ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ । एनआइसी एशियाको ११ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सिभिल बैंकको ८ करोडमाथिको कारोबार भएको छ । छिमेक लघुवित्त वित्तयि संस्था, नागरिक लगानी कोषको ५ करोडमाथिको कारोबार भएको छ । स्वरोजगार लघुवित्त, नेपाल लाइफ लगायतका कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ ।
कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।