Connect IPS
IME Life

सिटिजन लाइफको बीमाशुल्क ९१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ८० करोड ८८ लाख ९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा ४२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९१ प्रतिशतले बढी हो ।

एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ४२ करोड १ लाख ३० हजार रुपैयाँ जगेडा कोषमा जम्मा रहेको छ । दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ४ करोड रुपैयाँ संचित रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २८ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा १२ हजार ७ सय ९८ वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले ५ करोड २९ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो १८३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ८६ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो।

आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ४२ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS