काठमाडौं । आज माघ २७ गते शिवम् सिमेन्टको सर्वाधिक १३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज शिवम् सिमेन्टको बजार मुल्य ४ दशमलव २१ प्रतिशतले बृद्धि भई ५ सय ४४ रुपैयाँमा कायम भएको छ ।
शिवम सिमेन्टसको अघिल्लो कारोवार प्रति कित्ता ५ सय २२ रुपैयाँमा बजार बन्द भएकोमा थियो । आज कम्पनीको पहिलो कारोवार ५ सय २० रुपैयाँमा भएकोमा दिन भरमा न्यून विन्दु प्रति कित्ता ५ सय १७ थियो । आज दिनभर सबैभन्दा उच्च विन्दु प्रति कित्ता ५ सय ६८ पुगेको थियो ।
आज ४२ नम्बर ब्रोकरबाट शिवमको सर्वाधिक २ करोड ८७ लाख रुपैयाँ बराबरको ५२ हजार ४ सय २० कित्ता शेयर खरिद भएको छ भने ५८ नम्बर ब्रोकरबाट १ करोड ६ लाख रुपैयाँ बराबरको १९ हजार २ सय ४१ कित्ता शेयर बिक्री भएको छ ।
त्यस्तै २८ नम्बर ब्रोकरबाट १ करोड ८४ लाख रुपैयाँ बराबरको ३४ हजार १ सय ७६ कित्ता शेयर खरिद भएको छ भने ४४ नम्बर ब्रोकरबाट ८६ लाख ४५ हजार बराबरको १५ हजार ९ सय ९२ कित्ता शेयर बिक्री भएको छ ।
आजको फ्लोरसिट हेर्दा खरिद गर्ने ब्रोकर नै आक्रामक भएको देखिन्छ।
श्रोत : मेरो लगानी /डाटा एनालाईटिक्स