IME Life
GBIME

ग्लोबल आइएमई बैंकको अधिकांश सूचक सकरात्मक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ करोड ६५ लाख रुपैयाँ बढी हो । मर्जरअघिसम्ममा जनता बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११ करोड ६७ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६२ करोड २७ लाख रुपैयाँ बढेर २ अर्ब ३६ करोड ९० लाख पुगेको छ ।

Crest

१८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड ४१ लाख रुपैयाँ सञ्चित छ । कूल निक्षेप १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ रहेको यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा कायम भएको छ । त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १३.१० गुणा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा कायम भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS