काठमाडौं । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको आज निधन भएको छ । नेपाल टेलिभिजनमा लामो समय काम गरेका बरिष्ठ पत्रकार शर्माको मुटुमा इन्फेक्सनका कारण निधन भएको हो । २४ वर्षअघि ओपन हार्ट सर्जरी गराएका शर्माको पुनः समस्यादेखि पछि गएराति मनमोहन अस्पिटलमा भर्ना भएका थिए ।
मनमोहन अस्पतालमा उपचार क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वी नेपालको इलाममा जन्मेका शर्मा नेपाल टेलिभिजनका अध्यक्ष समेत भएका थिए ।