IME Life

कार्यालयमै बसेर कम्पनीहरुको नियमन गर्दै बीमा समिति, पारित भयो गैरस्थलगत सुपरिवेक्षण कार्यविधि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले आफू मातहत रहेका बीमा कम्पनीहरुको कार्यालयबाटै नियमन गर्ने भएको छ । बीमा कम्पनीहरुलाई जोखिमको विश्लेषण गरेर समितिले अब कार्यालयबाटै नियमन गर्न लागेको हो । तथ्याङ्कमा आधारित जोखिम विश्लेषण गरी सोही आधारमा बीमा कम्पनीहरुलाई नियमन गर्न लागेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

Prabhu
Crest

बीमा समितिले कम्पनीहरूको नीतिगत तथा सञ्चालनको सम्बन्धमा तथ्याङ्क संकलन गरी सुक्ष्म निगरानी गर्नेछ । सो निगरानीको बखत आवश्यक परेका बेला बीमा कम्पनीहरुलाई निर्देशन दिने बाटो खुल्ला गर्न बीमा समिति आन्तरिक निर्देशिका बनाई लागू गरेको जनाएको छ । केही अघि बसेको बीमा समितिको बोर्ड बैठकले सो कार्यविधि स्वीकृत गरेको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । समितिले ‘जोखिममा आधारित गैरस्थल सुपरिवेक्षण कार्यविधि २०७६’ पारित गरेको छ ।

सोही कार्यविधिको अधिनमा रहेर बीमा कम्पनीहरु अब कार्यालयबाटै नियमन हुनेछन् । हरेक बीमा कम्पनीहरुले पठाउने तथ्याङ्कहरुको कार्यालयबाटै सुक्ष्म विश्लेषण गरी जोखिमको अवस्थाको नियमित अनुगमन हुने बीमा समितिले जनाएको छ । कम्पनीहरुको जोखिम नियमन गर्न नयाँ व्यवस्था लागू गरिएको बीमा समितिको भनाई छ । बीमा समितिले बीमा कम्पनीले लगानी गर्ने ऋण, तरलता, दावी भुक्तानी आदि क्षेत्रमा हुने जोखिमको विश्लेषण गरी सोही बमोजिम जोखिमको थ्रेसहोल्डभन्दा माथि हुने वित्तिकै सुधारको लागि निर्देशन दिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS