Connect IPS
IME Life

ज्योति लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ : ज्योति लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनीहरु हुन्। दुवै जीवन बीमा कम्पनीहरु निकट भविष्यमा आईपिओ निष्काशन गर्ने प्रक्रियामा छन्। दुवै कम्पनीले आर्थिक वर्ष ७६/७७ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा  इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा : ज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४७ करोड रहेको छ। दुवै कम्पनीले निकट भविष्यमा आईपिओ मार्फत २ अर्ब पूँजीको लक्ष्य हासिल गर्ने छन्। बीमा  समिति अनुसार जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब हुनु पर्छ।

जगेडा कोषको आधारमा : ज्योति लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ३३ करोड ४६ रुपैया संचित छ भने रिलायन्स लाइफ इन्स्योरेन्स को जगेडा कोषमा १३ करोड ६२ लाख संचित छ।

जीवन बीमा कोषको आधारमा : जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा ज्योति लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १ अर्ब २० करोड हुँदा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ७७ करोड ५९ लाख रहेको छ।

बीमा शुल्क आर्जन : ज्योति लाइफले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ७५ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने  ७२ करोड ५४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्सले ६० करोड ६१ लाख कुल बीमा शुल्क आर्जन गरी ५७ करोड ७७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा : दोश्रो त्रैमास सम्म ज्योति लाइफले ६ करोड ८९ लाख खुद मुनाफा गरेकोमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद मुनाफा ४ करोड ६५ लाख रुपैया रहेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

दावी भुक्तानीको आधारमा : ज्योति लाइफले ४६ लाख १५ लाख कुल दावी भुक्तानी गरेकोमा १८ लाख ३ हजार खुद दावी भुक्तानी गरेको छ। त्यस्तै रिलायन्स लाइफले ६९ लाख ७३ हजार कुल दावी भुक्तानी गरेकोमा ३३ लाख ६८ हजार खुद दावी भुक्तानी गरेको छ। रिलायन्स लाइफले १० लाख भुक्तानी गर्न बाँकी दावी रहेको छ भने ज्योति लाइफ इन्स्योरेन्सको भुक्तानी हुन् बाँकी दावी रकम छैन।

नोट : प्रति शेयर आम्दानीलाई वार्षिककरण गरिएको छ। 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS