IME Life

कोरोना भाइरसको मूल्य कति ? खर्बौ डलर क्षतिको बीमा दावी पर्ने अनुमान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा यतिबेला कोरोना भाइरसको महामारी छ । उद्योग कलकारखानाहरु बन्द भएका छन् । विद्यालय, कलेजहरु सबै बन्द नै छन् । चीनमा एक महिना लामो नयाँ वर्षको विदाको समयमा सुरु भएको कोरोना भाइरसको महामारी पछि नयाँ वर्षको छुट्टी अवधी बढाएर राहत दिएकोछ । चौतर्फी रुपमा फैलिएको भाइरसको कारण करोडौं मानिसहरु घरभित्रै बस्न बाध्य छन् ।

चीनको वुहानबाट फैलिएको कोरानो भाइरसको कारण साढे तीन सय भन्दा बढिको ज्यान गइसकेको छ । कोराना भाइरसको महामारीको कारण चीनले अर्बौ रुपैयाँ घाटा व्यहोरी सकेको छ । लामो विदापछि सोमबार खुलेको शेयर कारोबारमा समेत उच्च गिरावट आएको छ । सोमबार चीनको सांघाई कम्पोजिट इन्डेक्स आठ प्रतिशतले गिरावट आएको छ । सो गिरावट चार वर्षकै उच्च भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Prabhu
Crest

रोयटर्सका अनुसार लगानीकर्ताहरुले ४०० विलियन डलर गुमाएका छन् । त्यसैगरी कच्चा तेलको खपत घटेसँगै इन्धनको मूल्यमा भारी गिरावट आउनेछ । चीनमा कोरानो भाइरसको संक्रमण फैलिएपछि विश्वभर खाद्यान्नको समेत अभाव हुने सम्भावना देखिएको छ । चीनमा निर्मित तयारी खाद्यान्नहरु माछा, दुध इत्यादि विश्वभर पुग्ने गरेकोमा कोरोना भाइरसको कारण त्यस्तो खाद्यान्न निर्यात बन्द हुँदा हजारौं उद्योगहरु बन्द हुनसक्ने जनाइएको छ ।

चीनमा विशाल प्लान्ट स्थापना गरी उत्पादन गर्दै आएका टोयोटा, फोर्ड, फक्सवागन, स्टारबक्स र म्याकडोनाल्ड जस्ता बहुराष्ट्रिय कम्पनीले आफ्ना प्लान्ट बन्द अस्थायी रुपमा बन्द गरेका छन् । उत्पादन घटेका कारण विश्वभरि नै सवारी साधन तथा अन्य सामानको मूल्यमा उच्च बृद्धि हुने भविष्यवाणी गरिएको छ ।

कोरोना भाइरसको कारण सुस्त बनेको अर्थतन्त्रलाई त्राण दिनको लागि चीनको केन्द्रीय बैंकले १.२ ट्रिलियन युआन बजारमा पठाउने तयारी गरेको छ । यसले चीनको अर्थतन्त्रलाई बलियो पार्ने विश्वास गरिएको छ ।

उता, बीमा कम्पनीहरुको अवस्था के हुन्छ ? सो बारेमा अध्ययन नै सुरु गरिएको छैन । कति आर्थिक क्षति भएको बीमा दावी पर्दछ ? स्वास्थ्य बीमा मात्रै नभएर टाट उल्टेका उद्योगहरुलाई बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरुले खर्बौ रुपैयाँ दावी भुक्तानी दिनुपर्ने अवस्था आउन सक्ने चेतावनी आर्थिक विश्लेषकहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार चीनको पर्यटन क्षेत्र धरासायी हुँदै गएको छ भने औद्योगिक उत्पादन बन्द हुँदा यसको प्रत्यक्ष प्रभाव लामो समयसम्म पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS