काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा कुमारी बैंकले ८० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा बैंकले ६७ करोड ६२ लाख रुपैयाँ नाफा खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद मुनाफा १८ दशमलव ७४ प्रतिशतले बढेको हो ।
बैंकको ब्याज आम्दानी र संचालक मुनाफामा सुधार आएसँगै बैंकको खुद नाफा बढेको हो । बैंकले प्रकाशन गरेको वित्तिय विवरण अनुसार पुस मसान्तसम्ममा ८० अर्ब ६७ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । साथै बैंकले १ अर्ब ८२ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको १ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ संचित रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६४ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६ दशमलव ७६ गुणा रहेको छ ।