IME Life
GBIME

नेशनल लाईफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम, एमडिआरटीमा परेका ३९ जना सम्मानित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले व्यवसायिक अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटीमा छनौट भएका एजेन्सीहरुलाई तालिम दिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्सका सिईओ भरत बस्नेतको उपस्थितिमा बीमाकर्ताहरुलाई प्रोत्साहन गर्न तालिम सञ्चालन गरिएको हो ।

Crest

नेशनल लाईफ इन्स्योरेन्सका डेपुटी सिईओ सुरेश कुमार खत्रीले दशैभरिबाट एमडिआरटीमा छनौट भएका ३९ जना र चालु आवमा उत्कृष्ट व्यापार गर्ने बीमा अभिकर्तासहित करिब २०० जनालाई तालिम दिएको जानकारी दिए ।

कम्पनीले लक्ष्य पूरा गरेका अभिकर्तालाई समेत समावेश गरी तालिम दिएको हो । तालिम भारतीय प्रशिक्षक बिजय झाले दिएको कम्पनीले जनाएको छ ।

पोखरामा आयोजित कार्यक्रममा ३९ जना एमडिआरटीमा छनौट भएकालाई सम्मान गरिएको थियो । त्यसैगरी, ११ लाख रुपैयाँ प्रथम बीमा शुल्कको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई समेत एक्सलेन्स् अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS