काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा दुई जना चयन भएका छन् । बैंकको सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा संजिव प्रधान र हिरा के.सी निर्विरोध निर्वा्चित भएका हुन् ।
बैंकको माघ १७ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले बाँकी अवधिको लागि उनीहरुलाई शेयरधनीको तर्फबाट सञ्चालक पदमा चयन गरेको हो ।