काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा पोखरा फाइनान्सले ५ करोड ६४ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४ लाख ६९ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा फाइनान्सको नाफा २० दशमलव ३३ प्रतिशतले बढी हो ।
फाइनान्सले पुस मसान्तसम्म ६ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सको निक्षेप तथा कर्जामा वृद्धि आएको छ । जसबाट फाइनान्सले १६ करोड ५२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा १८ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
फाइनान्सको चुक्ता पुँजी ९१ करोड रुपैयाँ र जगेडा कोषमा २२ करोड ९१ लाख रुपैयाँ रहेको छ ।