काठमाडौं । नेपाल एयरलाइन्सले युरोपियन युनियनले असुरक्षाको कारण कालोसूचिबाट नहटाएपछि अन्ततः सरकार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फुटाउन बाध्य भएको छ । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणलाई फुटाएर दुई वटा संस्था बनाउने एक विधेयक स्वीकृत गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार अब उक्त विधेयक संसदमा प्रस्तुत हुनेछ र पासभएसँगै औपचारिक रुपमा प्राधिकरण विभाजन हुनेछ ।
बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणलाई टुक्राएर नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण गरी दुई वटा निकाय बनाउने सम्बन्धी दुई वटा छुट्टा छुट्टै विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । विधेयक स्वीकृत भएसँगै अब संसदमा छलफल हुनेछ ।