काठमाडौं । प्रभु बैंकले प्रदेश २ का प्रवासी कामदारहरुलार्य लक्षित गरी नयाँ प्रडक्ट ल्याएको छ । बैंकले संचालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत प्रदेश नं २ जिल्लाहरु बारा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरुले विदेशबाटै कर्जा भुक्तानी लगायत अन्य सुविधाहरु पाउने भएका छन् ।
युके एडको परियोजना अन्तर्गत सीप संचालन रहेको प्रदेश नं २ का जिल्लाहरुका प्रवासी कामदार र सीप भएका व्यक्ति र तिनको परिवारले यस योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।