काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय बीमा संस्थानले नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गरेका हुन् ।
उक्त शाखा कार्यलयको उद्घाट्न गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा दाबीको प्रकृया झन्झटरहित बनाउनुपर्ने बताए । साथै बीमा क्षेत्रका समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको भन्दै उनले नितिगत, कानुनी र व्यवहारिक समस्या सुल्झाउन सहयोग गर्ने जानकारी दिए ।