म्याग्दी । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा म्याग्दीको बेनी नगरपालिकास्थित वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । म्याग्दीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको म्याग्दीका प्रमुख जिल्ला अधिकृत ग्याननाथ ढकालले उद्घाट्न गरेका हुन् ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।