काठमाडौं । कृषि विकास बैंकले आज माघ १४ गतेदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।बैंकले एक हजार रुपैयाँ दरले २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेकोहो। जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई बिक्री गर्नेछ ।
सात वर्ष अवधिको “१०.३५ एडिबिएल कृषि बैंक ऋणपत्र २०८३” मा लगानीकर्ताले वार्षिक १०.३५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा भुक्तानी पाउने जनाएको छ ।
ऋणपत्रमा फागुन १४ गते सम्म नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत पनि अनलाईन आवेदन दिन सकिनेछ ।
एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ । इक्रा नेपालले बैंकको ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपि एलए’ रेटिङ्ग प्रदान गरेको छ ।