काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि समेत गरी कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।
आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।