काठमाडौं । माघ ५ गते आईतबार लक्ष्मी बैंकको एटिएम मेशिनहरु नचल्ने भएका छन् । साथै सो बैंकको डेबिट कार्ड प्रयोग गरी अन्य बैंकका एटिएम मेशिनबाट रकम निकाल्न कार्य समेत अबरुद्ध हुने बैंकले जनाएको छ ।
चिनियाँ ह्याकरहरुले बैंकका नेटवर्क स्वीचलाई टार्गेट बनाएर ह्याक गर्न थालेपछि लक्ष्मी बैंकले शक्तिशाली स्वीच जडान गर्ने कार्यका लागि एटिएम मेशिनको सेवा प्रभावित हुने जनाएको छ । सो अवधीमा बैंकको डेबिट कार्ड तथा एटीएम सेवा दुवै अवरुद्ध हुनेछ ।
बैंकले सेवालाई सुरक्षित बनाउन ईएफटी स्वीचलाई स्तर वृद्धी गर्ने काम भइरहेको जनाएको छ । लक्ष्मी बैंकद्वारा जारी सूचनामा डेबिट कार्डको सेवा आइतबार दिउँसो २ बजेदेखि करिब ५ घण्टा र बैंकको एटीएम सेवा करिब २४ घण्टासम्म चल्नेछैन । एटीएम सेवा बन्द भएको समयमा ग्राहकले अन्य बैंकको एटीएमबाट पैसा निकाल्न वा कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।