काठमाडौं । सिर्जना फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ ३ गतेदेखि बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश दावी गर्न सक्नेछन् ।
फाइनान्सले माघ ११ गते साधारण सभा आह्वान गरेको छ । सभा उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजेदेखि शुरु हुने जनाएको छ ।
सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेका छन् ।