Connect IPS
IME Life

सिटिजन्स र सहयोगी विकास बैंकबीच अन्तिम मर्जर सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक र सहयोगी विकास बैंक एक आपसमा मर्जर हुनेगरी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सोमबार यी दुई संस्थाबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ ।

सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सहयोगीको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

दुवै बैंकले आ—आफ्नो विशेष/वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।

मर्जर सम्झौता अनुसार सहयोका शेयरधनीहरुले १०० कित्ता शेयर वरावर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर पाउनेछन् । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS