काठमाडौं । एनएमबि बैंकले नयाँ संचालक समिति चयन गरेको छ । बैंकको गत बिहिबार सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना गरि कुल ६ जना संचालकहरु निर्वाचन गरेको जनाइएको छ ।
बैंकको संचालकहरुमा संस्थापक शेयरधनीको तर्फबाट पवन गोल्यान, निको पिल (एनएमओ नेदरल्याण्डको तर्फबाट) र राजेन्द्र काफ्ले (कर्मचारी संचय कोषको तर्फबाट) चयन भएका छन् भने सर्वसाधारणको तर्फबाट सिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन चयन भएको जनाएको छ ।