IME Life

उडेको दुई मिनेटमै जमिनमा बजारियो युक्रेन एयरलाइन्सको जहाज, सबै यात्रुको मृत्यु, कति पर्ला बीमा दावी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज विहानै इरानमा दुर्घटनाग्रस्त भएको युक्रेन एयरलाइन्सको जहाजमा सवार सबै यात्रुको मृत्यु भएको इरानी संचार माध्यमहरुले जनाएका छन् । जहाजमा १७६ यात्रु तथा चालक दलका सदस्य रहेको जनाइएको छ । जहाज जलेर खरानी भएको छ भने शवहरु संकलन गरिएको छ ।

इरानको राजधानी तेहरानबाट उडेको जहाज टेकअफ गरेको दुई मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण खुल्न बाँकी छ । जहाज बोईङ ७३७–८०० भएकोले यसअघि म्याक्समा झै समस्या आएको पनि हुनसक्नेछ । त्यस्तै अमेरिकी ड्रोन हमलाबाट पनि दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । जहाजमा सवार सबैको मृत्यु भएको इरानी सञ्चार माध्यमले जनाएको छ ।

Prabhu
Crest

अन्तर्राष्ट्रिय उडानमा रहेको जहाज दुर्घटनामा परेकाले जहाजको मूल्य र यात्रुको दावी बापतको ठूलो रकम पीडितहरुलाई भुक्तानी हुनेछ । बोईङ ७३७–८०० जहाजको मूल्य झण्डै पाँच अर्ब र १८० यात्रु तथा चालकदल समेत गर्दा झण्डै दुई अर्बभन्दा बथि बीमा दावी भुक्तानी पर्नेछ । युक्रेनको एयरलाइन्स भएकाले युरोपियन बीमा तथा पुनर्बीमा कम्पनीमाथि सो दुर्घटनाको आर्थिक भार पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS