IME Life

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयभित्रै दर्जन पत्रकार कुटिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर शाहको कार्यकक्षमा एक दर्जन पत्रकार कुटिएका छन् । पत्रकारलाई बोलाएर कार्यकक्षमा बाहिरको मान्छे बोलाएर हेल्मेट तथा मुक्का हानेर एक दर्जन पत्रकारलाई कुटपिट गरेको पीडित पत्रकारहरुले बताएका छन् ।

घटनामा कान्तिपुर दैनिकका अमरकान्त ठाकुर, देश सञ्चारका पत्रकार राजा झा र पत्रकार महासंघ जनकपुर शाखाका अध्यक्ष अनिल मिश्रसहितका पत्रकारहरु घाइते भएका छन् । मेयर शाहले १२ जना पत्रकारलाई कार्यकक्षमै कुटपिट गरेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले बताए । मेयर शाह र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका हुन् । कुटपिटमा घाइते पत्रकारको अवस्था सामान्य छ ।

Prabhu
Crest

उता, जनकपुरधाम उपमहानगरपालिकाका मेयर शाहले भने आफूले कुटपिट नगरेको बरु उल्टै मिटिङ गरिरहेको ठाउँमा २।३ जना पत्रकार आएर निहुँ खोजेको बताए । केही गलत पत्रकारको कारण आजको अप्रिय घट्ना भएको मेयर शाहले स्वीकार गरेका छन् । साथै शाहले आफूसँग पनि पत्रकारहरुले कार्यालयमा आएर बबाल गरेको फुटेज रहेकाले कसरी अघि बढ्ने भन्ने छलफल भइरहेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS