बुटवल । आगामी माघ १ र २ गते सार्वजनिक विदा दिने प्रदेश न. ५ को सरकारले निर्णय गरेको छ । माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको वैठकले माघी पर्वको अवसरमा माघ १ र २ गते सार्वजनिक विदा निर्णय गरेको हो ।
गत वर्ष पनि प्रदेश ५ ले माघ पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । प्रदेश मन्त्रिपरिषदको बैठकमा भएको निर्णय सुनाउदै मन्त्रिपरिषद्को प्रवक्ता बैजनाथ चौधरीले आगामी माघ १ र २ गते माघे सक्रान्ति मनाउनको लागि प्रदेश ५ मा बिदा दिएको बताए ।