काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजन सहित ६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले ५ करोड ५ लाख १५ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर र नगदमा १ करोड ५१ लख ५४ हजार ५६० रुपैयाँ खर्च गर्नेछ ।
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।