काठमाडौं । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच सम्झौता भएको छ । नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुपकी प्रमुख रञ्जु सिगटियाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण, ट्रेजरीलगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क सिर्जना गर्ने जनाइएको छ ।