काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १६ दशमलव ०९ अंकले बढेर १,१८२ दशमलव ३१ के विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु ब्ढेका छन् । सबैभन्दा धेरै १ दशमलव ६१ प्रतिशतले बैंकिङ समुह बढेको छ ।
त्यस्तै, जीवन बीमा र निर्जीवन बीमा समुह पनि बढेका छन् । जीवन बीमा समुह १ दशमलव ४३ प्रतिशतले बढेको हो भने निर्जीवन बीमा समुह १ दशमलव ३१ प्रतिशतले बढेको हो ।
दिनभरिमा १ सय ७३ कम्पनीको २० लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ७१ करोड २४ लाख २५ हजार ८ सय २७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ५ करोड ६२ लाखभन्दा बढीको कारोबार। भएको छ ।
त्यसैगरी एनआइसी एशिया बैंक र ग्रामीण विकास लघुवित्तको ४ करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ३ लाखमाथिको कारोबार भएको छ । हिमालयन डिस्टीलरी र नागरिक लगानी कोषको २ करोडमाथिको कारोबार भएको छ ।
वोमी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।