IME Life

कोटेश्वरमाथि आएको नेपाल एयरलाइन्सको जहाज अवतरण नगरी दिल्लीतर्फ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । खराब मौषमका कारण काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा ठूलो जहाजहरु अवतरण गर्न सकेका छैनन् । यसैबीच, नयाँदिल्लीबाट आएको नेपाल एयरलाइन्स एयरबस ३२० जहाज काठमाडौंमा अवतरणको प्रयास असफल भएपछि नयाँदिल्लीतर्फ नै डाईभर्ट भएको छ । यसअघि कतार, ओमन, ल्हासा र चाउना साउथर्नको जहाज काठमाडौंमा अवतरण गर्न नसकी डाइभर्ट भएका थिए ।


नेपाल एयरलाइन्सको जहाज अवतणको लागि कोटेश्वर हुँदै विमानस्थलमा आएर पनि अतवरण गर्न नसकेको हो । त्रिभुवन विमानस्थलमा अवतरणको लागि ४७०० फिटको उचाईमा झरेको जहाज बालकुमारी माथिको आकाशमा आईपुग्दा समेत धावनमार्ग प्रष्ट देख्न नसकेपछि पुनः उचाई बढाउँदै काठमाडौं उपत्यकालाई एक फन्को मार्दै नयाँदिल्लीतर्फ डाईभर्ट भएको हा ।

Prabhu
Crest

खराव मौषमका कारण जहाजहरु डाईभर्ट तथा होल्ड हुँदा ठूलो रकम आर्थिक क्षति हुने गर्दछ । नेपालको एकमात्र विमानस्थल यस्तै दुर्दशाका कारण विश्वभर बद्नामी कमाएको छ ।

शुक्रबारको सो घटनापछि नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रुहरु हेरै नै अत्तालिएको अनुमान गरिएको छ ।
उता, आजै नेपालगन्जबाट उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि विराटनगर पुगेर अवरतण गरेको छ । काठमाडौंमा अवतरण गर्न बारामाथिको आकाशमा एक घण्टाभन्दा बढि समय होल्ड हुँदा समेत अवतरण गर्न नसकेपछि विराटनगर पुगेको छ । काठमाडौं आउनु पर्ने यात्रुहरु विराटनगर पुगेपछि यात्रुहरुको मृत्युको अनुभव भन्दै सामाजिक सञ्जाल भरेका छन् ।

त्यस्तै शुक्रबार नै काठमाडौं आउने यात्रुहरु तीन घण्टा बारामाथिको आकाशमा फन्को मार्न लगाएर कोलकत्ता डाईभर्ट गरिएको कतार एयरमा सवार यात्रुको प्रतिक्रिया आउन बाँकी नै छ । नेपाल भ्रमण वर्षको सुरुवातमा हवाई क्षेत्रमा भएको डरलाग्दो अवस्थापछि पर्यटक आगमन के होला ? प्रश्न उब्जिएको छ ।

काठमाडौं विमानस्थलमा भद्रगोल, नौ जहाजलाई रोकेर बुद्ध एयरलाई प्राथमिकता

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS