काठमाडौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार वोमी लघुवित्तको शेयर सुचिकृत भएको छ । बिहिबार कम्पनीको ५ लाख ४ हजार कित्ता शेयर सुचिकृत भएको हो ।
कम्पनीले नागरिक लघुवित्तलाई गाभेपछि नागरिकतर्फबाट आएको शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै नेप्सेमा मर्जर प्रयोजनको लागि रोक्का गरिएको वोमीको शेयर कारोबार फुकुवा भएको छ ।