काठमाडौं । सिर्जना फाइनान्सको माघ ११ गते साधारण सभा हुने भएको छ । सो सभा उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजेदेखि शुरु हुने जनाइएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले माघ ३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म शेयर दाखिल खारेज दर्ता बन्द गर्नेछ । यस अनुसार माघ २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।