काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ । बैंकले बुकक्लोज मितिसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको खातामा नगद लाभांश रकमान्तर गरेको एक सुचना जारी गर्दै जानकारी दिएको छ ।
बैंकको पुस २ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाले पारित गरेको १२.७५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको जनाएको छ ।
बैंकले नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत शेयरधनीहरुले बैंक खातामा रकमान्तर गरिएको जनाएको छ ।
बैंकले आर्थिक वर्षहरु २०७१/७२, २०७२/७३ र २०७४/७५ मा बोनस शेयर बापतको कर रकम तिर्न बाँकी रहेका शेयरधनीहरु तथा रिलायबल डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७३/७४ को बोनस शेयर बापतको कर रकम तिर्न बाँकी रहेका शेयरधनीहरुको हकमा कर कट्टी गरी बाँकी रहेको नगद लाभांश पठाइने जनाएको छ ।