Connect IPS
IME Life

१० कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । १० कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । किसान माइक्रोफाइनान्स, मिथिला लघुवित्त, उन्नति माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी, कञ्चन डेभलपमेण्ट बैंक, नेपाल दूरसञ्चार कम्पनी र सांग्रिला डेभलपमेण्ट बैंक, आइसीएफसी फाइनान्स, मञ्जुश्री फाइनान्स र छयाङदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

यी दश कम्पनीको लाभांश पाउनको लागि आजसम्म शेयर कायम गनुपर्ने हुन्छ ।

Prabhu
Crest

किसान माइक्रोफाइनान्सले आगामी पुस २६ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले शेयरधनीका लागि २३ दशमलव ९५ प्रतिशत बोनस शेयर तथा १ दशमलव १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

मिथिला लघुवित्तको साधारण सभा पुस २९ गते आयोजना गरेको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्नेछ ।

उन्नति माइक्रोफाइनान्सको साधारण सभा पुष २९ गते हुने भएको छ । उन्नति माइक्रोफाइनान्सले शेयरधनीलाई ३८ दशमलव ६० प्रतिशत बोनस शेयर र २ दशमलव ०३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

फरवार्ड कम्युनिटीको पनि साधारण सभा पुष २९ गते हुने भएको छ । सभामा कम्पनीले फरवार्ड कम्युनिटीले ३२ शदमलव ५० प्रतिशत बोनस शेयर र १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छ ।

कञ्चन डेभलपमेण्ट बैंक, नेपाल दूरसञ्चार कम्पनी र सांग्रिला डेभलपमेण्ट बैंकले पुस २९ गते साधारण आयोजना गरेका छन् ।

कञ्चन डेभलपमेण्ट बैंकले १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश, नेपाल दूरसञ्चार कम्पनीले प्रतिकित्ता रू. ४५ का दरले नगद लाभांश र सांग्रिला डेभलपमेण्ट बैंकले ८ दशमलव ९५९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

त्यसैगरी आइसीएफसी फाइनान्सले आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनश शेयर तथा ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मञ्जुश्री फाइनान्सले एक दशमलव ७५ प्रतिशत बोनश शेयर र ९ दशमलव ८ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ५५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यसैगरी छयाङदी हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनश शेयर र ० दशमलव २६ प्रतिशत नगद लाभांश गरी कुल ५ दशमलव २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS