काठमाडौं । चार कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन भएको छ । जसमा दुई वाणिज्य बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।
यी ४ कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
नेप्सेले नेपाल बैंकको १५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २७५ रुपैयाँ ६५ पैसा कायम गरेको छ ।
कृषि विकास बैंकको ६ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३९३ रुपैयाँ ४० पैसा कायम गरेको छ ।
नेप्सेले नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४८६ रुपैयाँ ९ पैसा कायम गरेको हो ।
त्यसैगरी, नेप्सेले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६२३ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।