Connect IPS
IME Life

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ७ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी ७ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोलि, पुस १४ गते बुक क्लोज गर्दैछन् । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेका कम्पनीहरुमा प्राइम कमर्सियल बैंक, महुली लघुवित्त, साना किसान लघुवित्त, जानकी फाइनान्स र युनाइटेड फाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक र सपोर्ट माइक्रोफाइनान्स कम्पनी हुन् ।

Prabhu
Crest

प्राइमले कैलाश विकास बैंकलाई प्राप्त गर्ने र लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित पुस २५ गते साधारण सभा बोलाएको छ । सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बिहान १० बजेदेखि शुरु हुनेछ ।

महुली लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २६ गते संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा सभा बोलाएको हो ।

साना किसान लघुवित्तले पुस २६ गते अठारौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सो सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहान ११ बजे शुरु हुनेछ ।

त्यसैगरी, जानकी फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते २३ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सो सभा होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजे शुरु हुनेछ ।

युनाइटेड फाइनान्सले लाभांश पारित गर्न पुस २९ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा कार्की बैंकेट, बबरमहलमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले राष्ट्रिय सभा गृहमा पुष २८ गते ३३ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सभामा लाभांश पारित लगायतका विभिन्न एजेण्डा पारित गर्नेछ । भने सपोर्ट माइक्रोफाइनान्सले पुष २९ गते होटल पाथिभरा सुनसरीमा विहान ११ बजे लाभांश पारित लगायतका एजेण्डा राखेर बोलाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS