Connect IPS
IME Life

सिद्धार्थ बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

 

Prabhu
Crest

पोखरा । सिद्धार्थ बैंक लिमिटेड पोखरा शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थ बैंकले आफ्नो स्थापनाको १७ औँ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको अवसरमा आज (पुष ११) गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

वार्षिकोत्सवको अवसरमा बैंकले बिगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेको जनाएको छ । बैंकले रगतको अभाव नहोस् भन्ने उद्देश्यले सभागृह चोकस्थित पोखरा शाखामा पुष ११ गते शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

देशमा रहेको रक्त अभाबलाई केही हदसम्म भएपनि सहयोग हुने अपेक्षा लिई नेपाल रेडक्रस सोसाइटी, कास्की क्षेत्रीय रक्त सञ्चार सेवा,पोखरा सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ ।

रक्तदान कार्यक्रम विहान ८ बजेबाट शुरु भएको पोखरा शाखाले जनाएको छ । बैकले सामाजिक उत्तदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । सो कार्यक्रममा सिदार्थ बैंक गण्डकी प्रदेश शाखाका शाखा प्रबन्धकहरु, कार्यरत कर्मचारी लगाएत करीव ५५ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथीका रुपमा अजुर्न बहादुर बानिया क्षेत्री रहेका थिए । त्यस्तै, उक्त कार्यक्रमको सभापतिको रुपमा सिद्धार्थ बैंक लिमिटेड, गण्डकी प्रदेशका प्रमुख अमित श्रेष्ठ तथा कार्यक्रम संयोजकका रुपमा पोखरा शाखाका शाखा प्रमुख सुरज कुमार जोशीले विषेश भुमीका निर्वाह गरेका थिए ।

१७६ वटा शाखा (४ एक्स्टेसन काउन्टर सहीत) तथा १९५ एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ लगायतका माध्यबाट समेत सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS