Connect IPS
IME Life

एनएमबि बैंकको साधारण सभा हुने स्थान परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारण सभा बस्ने ठाँउ परिवर्तन भएको छ । यसअघि बैंकले राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग ,काठमाडौंमा साधारण सभा गर्ने बताएको थियो । राष्ट्रिय सभा गृहले हल उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि साधारण्ण सभा बस्ने ठाउँ परिवर्तन गरेको बैंकले जनाएको छ ।

अब बैंकको साधारण सभा पुस २४ गते बिहान १० बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा हुने जनाएको छ । सभामा बैंकले ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनका लागि यस बैंकले पुस ४ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गरेको छ । पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउँदैछन् ।

एनएमबिले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

त्यस्तै, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नका लागि आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि राखिएको छ । संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका विभिन्न प्रस्ताव पनि पेश हुँदैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS