काठमाडौं । सिद्धार्थ बैंकले सस्तो टिकेटसँग सहकार्य गरेको छ । विगत १७ वर्ष देखि उच्चस्तरीय सेवा प्रदान गर्दै आएको बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गरी विशेष सुविधा ल्याएको जनाएको छ ।
यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्ने जनाएको छ ।
ग्राहकहरुले माग गरेको विदेशी मुद्रा, नगद अथवा कार्ड, बैंकका तोकिएका शाखाहरुमध्य आफुलाई सहज हुने शाखाबाट सजिलै संकलन गर्न सक्नेछन् ।
बैंकिङ्ग समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको छ ।
हालसम्म बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटिएम मार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ ।