Connect IPS
IME Life

प्राइम लाइफ इन्स्योरेन्सद्वारा आक्रामक शैलीमा शाखा विस्तार, एकै दिन तीन शाखाको उद्घाटन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आक्रामक शैलीमा शाखा विस्तारमा जुटेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी आक्रामक शैलीमा शाखा विस्तार गर्दै अघि बढेको छ । कम्पनीले यही पौष ९ गते प्रदेश नं. ५ वुटवल अन्तर्गत एकैदिन तीन सम्पर्क कार्यँलयको उद्घाटन गरेको छ ।

कम्पनिले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाट तीन वटै कार्यालयको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईद्धारा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त कार्यक्रममा बोल्दै भट्टराईले कम्पनीको ब्यवसाय बृद्धि गर्ने क्रममा ग्राहकलाई थप छिटो, छरितो सरल र सहज रुपमा जीवन बीमा सेवा पु¥याउने उद्देश्यले नया“ सम्पर्क कार्यालयहरु स्थापना गरीएको बताए । सोही क्रममा बोल्दै भट्टराईले हरेक नागरीकले जीवन बीमा प्रति सकारात्मक धारणा बनाउनुपर्नेमा जोड दिए । साथै उनले समग्रमा हेर्दा कम्पनिको हालको अबस्था, लगानी, प्रतिफल, चुक्ता पुँजी, जीवन बीमा कोष लगायतका हरेक सुचकहरु अत्यन्त सबल रहेको र कम्पनि अत्यन्तै मितब्ययी ढंगले अगाडी बढेको जानकारी गराए ।

कम्पनिले बजारमा ल्यायका बिभिन्न बीमा योजनाहरुको बारेमा जानकारी गराउदै गत बर्षबाट बीमा बजारमा आएको बीमा क्षेत्रकै अत्यन्तै नौलो र फरक बीमा योजना प्राइम जीवन उपहार बीमा योजनाको बारेमा थप प्रष्ट पारेको छ । भट्टराईले बीमा योजना नेपाली बीमा बजारमा पृथक र ग्राहक मैत्री भएको खुलासा गरे ।

उक्त कार्यक्रम कम्पनिका पश्चिम क्षेत्र बजार बिभाग र अभिकर्ता सेवा बिभाग प्रमुख नविन थापा र सम्बन्धित स्थानिय निकायका प्रमुख जनप्रतिनिधिहरु, बिशिष्ट ब्यक्तित्वहरुले पनि जीवन बीमा प्रतिको आफ्नो धारणा राखेका थिए । कम्पनिका ५ नं. प्रदेश कार्यालय बुटवलका प्रमुख शिव प्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनिका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS