Connect IPS
IME Life

चार कम्पनीलाई बीमा समितिको निर्देशन, ‘म्यादी बीमा अटोमेशनमार्फत सञ्चालन गर्नु’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले बैदेशिक रोजगारीमा विदेश जाने नेपाली कामदारका लागि गरिदै आएको म्यादी बीमाको पुल व्यवस्थापक चार कम्पनीहरुलाई कम्प्युटरमार्फत स्वचालित प्रणालीद्वारा बीमा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

म्यादी बीमा पुलको व्यवस्थापन गर्दै आएका गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाईफ इन्स्योरेन्स कम्पनी र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई बुधबार एक निर्देशन जारी गर्दै बीमा गर्न चाहने व्यक्तिले अनलाईनबाट सजिलै भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

Prabhu
Crest

कार्यकारी निर्देशक राजुरमण पौडेलेद्वारा निर्देशनमा बैदेशिक रोजगार म्यादी बीमाको लागि बैदेशिक रोजगार विभागमा समन्वय गर्न समेत भनिएको छ ।

पुललाई व्यवस्थित गर्ने प्रयासमा रहेको बीमा समितिले अनलाईनमार्फत भुक्तानी गर्ने व्यवस्था गर्न भनेपनि स्वचालित रुपमा बीमा कसरी गर्ने भन्ने सम्बन्धमा कम्पनीहरुले ठोस योजना बनाइसकेका छैनन् । स्वचालित रुपमा डाटा इन्ट्री गरी कामदारहरुको विवरण अनलाईनमा प्रविष्ट गरेपनि रकम भुक्तानीको व्यवस्थाको लागि भने केही झन्झटिलो हुने बीमा पुलको व्यवस्थापन गर्दै आएका एक कम्पनीका अधिकारीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS