काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पुस २९ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा लैनचौर ब्यांकेटमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १४ गतेसम्म सेयर खरिद गर्नेले प्रस्तावित लाभांश पाउनेछन् ।
सभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ८ दशमलव ९६ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ । साथै, सभाले स्वतन्त्र सञ्चालक तथा सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।
त्यस्तै, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा रहेको छ ।