काठमाडौं । साताको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेकोे छ । नेप्से १७ दशमलव ७७ अंकले बढेर १,१६८ दशमलव ५८ को विन्दुमा कायम भएको छ ।
म्युचअल फन्ड बाहेक सबै क्षेत्रको उपसूचक बढेको छ । दिनभरिमा १ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा ५९ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
सबैभन्दा धेरै शिवम सिमेन्ट्को ५ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट टष्ट्रका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै पाँचथर पावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।