दमक । यूनियन लाइफ इन्स्योरेन्स दमक शाखाले बीमितको परिवारलाई बीमा दावी रकम हस्तान्तरण गरेको छ । दमक नगरपालिका ५ का मृतक बीमित गमबहादुर चेम्जोङको परिवारलाई बीमा दावी वापतको ५२ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
यूनियन लाइफ इन्स्योरेन्स दमक शाखाले आईतबार एक कार्यक्रम गरी उक्त रकम हस्तान्तरण गरेको हो ।
इलाका प्रहरी कार्यलय दमक प्रमुख कृष्ण आचार्य, इलाका ट्राफिक कार्यलय प्रमुख यज्ञ राज अधिकारी (शर्मा), कम्पनीका दावी विभाग प्रमुख ईश्वर कुमार सेडाई, प्रदेश नं १ प्रादेशिक कार्यलय प्रमुख तथा सहायक महा प्रबन्धक भुपराज पराजुली, उप–प्रमुख तारा बहादुर दहाल र दमक शाखाका शाखा प्रमुख सुर्य प्रसाद सापकोटा लगायतले संयुतm रुपमा उक्त चेक हस्तान्तरण हस्तान्तरण गरेका हुन् ।
२०७६असोज २१ गते हृदयघात भएर मृत्यु भएको थियो ।