काठमाडौं । सिद्धार्थ बैंकले वीरगंजस्थित मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशकसुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा भएको थियोे । बैंकले मुर्लीचौक शाखा गत चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पराउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित) र अन्य सेवा प्रदान गर्दै आएको छ ।