काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो बार्षिक साधारण सभासम्पन्न भएको छ । उक्त काठमाडौंको नक्साल स्थित मेरियट होटलमा सम्पन्न भएको हो ।
सभा संचालक समितिका अध्यक्ष अनुजक्यालको अध्यक्षतामा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभाले बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत पारित गरेको छ ।
त्यस्तै, अध्यक्षको तर्फबाट आ.व २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत तथा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मंसिर मसान्त सम्मको अवधिमा २१ शाखा र ७७ उपशाखा कार्यालय संचालन गरी करीब १५ हजार अभिकर्ता संरचना तयार गरेको जनाएको छ ।