काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ७ गते सोमबार बुकक्लोज गर्नेछ । त्यसकारण आज पुस ६ गतेसम्म नेप्सेमा शेयर खरिद गरी शेयरधनी कायम रहेका लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाइड्रोपावरको आठौँ वार्षिक साधारण सभा पुस २७ गते सेलिब्रेसन हाईट, सुकेधारामा बिहान ११ बजे शुरु हुने जनाएको छ ।
सभामा गत वर्षको नाफाबाट कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।
त्यस्तै, बोस शेयर जारी पश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गरि कम्पनीके प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, र नियामक निकायबाट कुनै संसोधन तथा परिमार्जन गर्न निर्देशन आएमा सोही अनुसारको कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।