पाल्पा । जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढेको छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणालीअनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय उपहार स्वरुप बीमा पोलिसी दिने प्रचलन चलेको छ ।
यसैसन्दर्भमा तानसेन ५ पाल्पाका सचिन बिष्टले आफ्नो बैवाहिक बर्षगाठको अवसरमा श्रीमती कमला बिष्टलाई उपहार स्वरुप बीमा पोलिसी दिएका छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट ३० लाख बीमाङ्क रकमको सिटिजन जिवन सारथी पोलिसी उपहार स्वरुप दिएका हुन् ।
बीमाले बचत संगसंगै भबिश्यमा हुने आर्थिक, भौतिक क्षतिबाट हुन सक्ने जोखिम न्यूनिकरण गर्ने हुदाँ उक्त बीमा पोलिसी उपहार स्वरुप दिएको एजेन्सी म्यानेजर सचिन बिष्टले बताए ।