कञ्चनपुर । जन्मदिनमा बीमा पोलिसीलाई उपहार स्वरुप दिने क्रम बढेको छ । यसैबीच कञ्चनपुर जिल्लाको पुनर्वाश नगरपालिका ०८ का एक स्थानीय बासिले रिलायवल नेपाल लाइफको बीमा पोलिसी उपहार स्वरुप छोरालाई दिएका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता दिपेन्द्र बिष्टले आफ्नो छोरालाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमालेख उपहार स्वरुप दिएका छन् । आफु रहेपनि नरहेपनि बीमा सधै रहने भनि यो योजना दिएको उनले बताए । उसको भबिष्य सुनिश्तिताको लागी बीमा उपहार स्वरुप दिएको बुवा दिपेन्द्रले बताए ।
बीमालेख उपहार दिन गएका धनगढी शाखा कार्यालयका शाखा प्रमुख चन्द्र बहादुर बिष्टले जन्मदिनको शुभकामना दिदैँ आउने दिनहरुमा पनि यसरी बचत हुदँै जाने र यस बीमालेखले बीमा समाप्ति पछि बीमाङ्क र बोनस एकमुष्ट फिर्ता हुने भएकाले बच्चाको उच्च शिक्षामा समेत उपयोगी हुने बताए ।
त्यस्तै, कदमकदाचित आमा नरहे बच्चाले माशिक पढाई खर्च पाउने र बार्षिक रुपमा तिर्नुपर्ने किस्ता समेत मिनाहा हुने शाखा प्रमुख बिष्टले बताए ।