काठमाडौं । अघिल्लो साता निरन्तर बढेको शेयर बजार यो साता भने घट्ने क्रम जारी नै थियो तर आज साताको तेस्रो दिन मङलबार शेयर बजारमा सामान्य सुधार देखिएकोे छ । आज नेप्से १ दशमलव २६ अंकले बढेको छ । आज शेयर बजार १,१५५ दशमलव ३७ अंकको विन्दुमा कायम भएको छ ।
आज बैंकिङ, होटल, फाइनान्स र उत्पादनमुलक बाहेक सबै उपसूचक बढेको छ ।आज सबैभन्दा धेरै ० दशमलव ८६ प्रतिशतले निर्जीवन बीमा समुहको भने ० दशमलव ८५ प्रतिशतले जीवन बीमा बढेको छ ।
आज दिनभरिमा १ सय ६७ कम्पनीको ८ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा २७ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबि बैंकको ३ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, एनआइसी एशिया बैंकको १ करोडमाथिको कारोबार भएको छ । नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।